लाङटाङ क्षेत्रमा आगलागी

शुक्रबार, चैत १३, २०७७

रसुवा । लाङ्टाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा लागेको डढेलो नियन्त्रणमा ल्याउने प्रयास जारी छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ स्थित ब्रावल भीर पाखामा बिहीबार बिहानदेखि लागेको डढेलो नियन्त्रणका लागि निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत सुरक्षा अङ्ग, निकुञ्जका कर्मचारी एवं स्थानीयवासी जुटिरहेका छन् । भीर, पाखो, झाडी तथा बुट्यान भएका कारण डढेलो नियन्त्रणमा समस्या परिरहेको लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । डढेलो पासाङल्हामु मार्गभन्दा माथि जानबाट रोक्न सेनाले अग्निरेखा बनाइरहेको छ । संरक्षित जङ्गलमा लागेको डढेलोबाट उत्पन्न धँुवाले सदरमुकामलगायत आसपासका मानवबस्ती प्रभावित भएको छ । डढेलो ब्रावलको भीर हुँदै सडक मुनिको पूर्वीभाग केवुतर्फ अगाडि बढेको निकुञ्जका वन प्राविधिकले जनाएका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  ०५:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार