दक्षिणकाली मन्दिर परिसरमा क्युआरकोड भुक्तानी प्रणाली 

शुक्रबार, चैत १३, २०७७

काठमाडौं । भुक्तानी प्रणालीलाई सहज बनाउँदै लगेका बैंक तथा वित्तीय संस्थाले आम मानिसको बढी उपस्थिति हुने क्षेत्रमा थप सेवा विस्तार गरेका छन् । सोही क्रममा बिहीबार सनराइज बैंकले दक्षिणकाली मन्दिर परिसरमा क्युआर भुक्तानी सेवा शुरु गरेको छ । दक्षिणकाली मन्दिर परिसरको बजारमा क्युआर कोड भुक्तानी कारोवारको नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले शुरुआत गरे ।  उपभोक्ता तथा भक्तजनले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै दक्षिणकाली मन्दिर परिसरमा रहेका पसलमा पूजा सामग्री, चिया नास्ता तथा अन्य सामग्रीको खरीद रकमको भुक्तानी गर्न सक्नेछन् ।  ग्राहकको सहजताका लागि बैंकले मन्दिर परिसरमा निःशुल्क वाइफाइ सुविधासमेत उपलब्ध गराएको छ । ग्राहकले दक्षिणकाली मन्दिर परिसरमा रहेका अधिकांश पसलमा क्युआर कोडबाट क्युआर पेमेन्ट सुविधा लिनसक्ने बैंकले जनाएको छ । 
सनराइज बैंक र दक्षिणकाली क्षेत्र विकास समितिको सहकार्यमा मन्दिर परिसरमा क्युआर कोडमार्फत भुक्तानी कारोवारको शुरुआत गरिएको हो । 
नगद तथा कार्ड प्रयोगको विकल्पमा क्युआर कोड भुक्तानी अझै छिटो, झन्झटमुक्त हुनुका साथै कारोवारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो समय उपभोक्ता यो नवीन सेवातर्फ आकर्षित भइरहेका छन् ।  डिजिटल कारोवारलाई प्रश्रय दिन र क्यासलेस कारोवारलाई बढावा दिनका लागि सनराइज बैंकले क्युआर कोड भुक्तानी सेवा अझै प्रभावकारी ढङ्गले अगाडि बढाइरहेको बैंकले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  ०४:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार