सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, १० जेठ । धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं पर्यटकीय महत्व बोकेको पशुपति, जनकपुर र लुम्बिनीलार्ई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गरिने भएको छ । सरकारले घोषणा गरेको आगामी आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रमलाई आज संसद्को दुवै सदनमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो जानकारी गराएकी हुन्। आगामी वर्ष सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने नीति लिने कार्यक्रममा उल्लेख गरिएको । इतिहास, कला, संस्कृति एवं अन्य मौलिक विशेषता समेटिएको बृहत् सङ्ग्रहालय निर्माण गरिने नीति तथा कार्यक्रममा समेटिएको छ । सरकारले ताप्लेजुङ, दार्चुला ग्रेट हिमालय ट्रेलको स्तरोन्नतिलाई प्राथमिकता दिने कार्यक्रम आगामी आर्थिक वर्षमा सञ्चालन गर्ने भएको छ । बराहक्षेत्र, चतराधाम, र रामधुनी क्षेत्र तथा कोसीटप्पु वन्यजन्तु आरक्षण समेटेर बृहत् धार्मिक, सांस्कृतिक, पर्यापर्यटन केन्द्रको रूपमा विकास गर्न एकीकृत कार्यक्रम ल्याउने प्रतिबद्धता पनि सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने कार्यक्रम प्रत्येक वर्ष सरकारको नीति तथा कार्यक्रममा आउने गरे पनि कार्यान्वयन नहुने गरेको यस क्षेत्रमा लागेकाको गुनासो छ । प्रत्येक वर्ष सरकारको नीति तथा कार्यक्रम र बजेटमा पशुपति, लुम्बिनी र जनकपुरजस्ता स्थलको विकास, निर्माणको कार्यक्रम राखिए पनि स्थलगतरुपमा हेर्ने हो भने ठूलो उपलब्धि भेटिँदैन ।