सोसल मिडिया
Contact Us
युनिकोड
सिन्धुपाल्चोक । आफैँले पालेको राँगाले हान्दा सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिकामा एक जना वृद्धको ज्यान गएको छ । मृत्यु हुनेमा पाँच पोखरी थाङपाल गाउँपालिका–८ लागर्चेका ६० वर्षीय मानबहादुर खड्का छन् । बीउका लागि पालेको राँगाले खाल्डे खोलाबाट घरतर्फ लैजाँदै गर्दा पहिरो पाखा भन्ने ठाउँमा पुगेपछि एक्कासी आक्रमण गरेको र घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । खड्काको शव परीक्षणपश्चात् निजका छोरालाई जिम्मा लगाइएको तामाङले छ ।