सोसल मिडिया
Contact Us
युनिकोड
गोरखा । आरुघाट गाउँपालिका–७ स्थित सातदोबाटो सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एक वृद्धको जलेर मृत्यु भएको छ । सामुदायिक वनको सल्लाघारी जङ्गलमा लागेको आगो निभाउने क्रममा बुधबार राति स्थानीयवासी ७२ वर्षका मोहन फेवाली मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । दिउँसोदेखि नै सल्किएको डढेलोले जङ्गल छेउमा रहेको विद्युत्को फ्युज बक्समा आगलागी भएर आगो लागेपछि राति स्थानीयवासीसँगै आगो निभाउन गएका मगरको जलेर मृत्यु भएको दाहालले बताए । अन्दाजी १३÷१४ वर्षका अन्य चार÷पाँच जना स्थानीय बालबालिकासँगै मृतक मगर राति डढेलो निभाउन गएका थिए । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी निरीक्षक सन्तबहादुर लामाको नेतृत्वमा गएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार पारेर शव पोष्टमार्टमका लागि आरुघाट प्राथामिक स्वास्थ्य केन्द्र पठाएको उनले जानकारी दिए ।