सरकारको नीति तथा कार्यक्रम आज आउँदै

राष्ट्रपतिले दिउँसो ४ बजे संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने
मंगलबार, जेठ १०, २०७९

काठमाडौं, १० जेठ । संघ सरकारले आगामी आर्थिक वर्ष ०७९-८० को नीति तथा कार्यक्रम ल्याउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ । संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको १५ जेठमा संघीय सरकारको बजेट प्रस्तुत गर्ने समय निर्धारण गरिएको छ । नयाँ बजेटभन्दा कम्तीमा पनि एक साताअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने भए पनि चुनावका कारण केही ढिलाइ भएको सरकारी दाबी छ । नीति तथा कार्यक्रमलाई आधार मानेर सरकारले नयाँ बजेट प्रस्तुत गर्ने गर्छ । अर्थ मन्त्रालय अहिले बजेटको अन्तिम तयारीमा छ ।

 

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  ०७:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार