कपिलवस्तुमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु 

सोमबार, जेठ ९, २०७९

कपिलवस्तु, ९ जेठ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–११ सौनहवामा आइतबार बेलुकी दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।  कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको लु ७५ प ४१३ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको तीन जना सवार लु ८ प १५०२ नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ८ बजे ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका १५०२ नम्बरको मोटरसाइकल चालक कृष्णनगर नगरपालिका–१० बकौलीका २२ वर्षीय राजेशलाल चौरसियाको उपचारका क्रममा शिवराज अस्पतालमा मृत्यु भएको हो ।  घाइते भएका अर्को मोटरसाइकल चालक सहित चार जनाको सोही अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  ११:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार