बर्दियामा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु 

सोमबार, जेठ ९, २०७९

बर्दिया, ९ जेठ । बर्दियाको बारबर्दिया नगरपालिका–७ सिउनियामा हिजो साँझ मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय ५३ वर्षीया रीता रिजाल रहेकी छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  साइकलयात्री रिजाललाई हिजो साँझ पौने ६ बजे भे ६ प २९१५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।  मोटरसाइलक सहित चालकलाई ईलाका प्रहरी कार्यालय मोतिपुरले नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार