उपत्यकामा एकैदिन १७ सय ५२ चालकमाथि कारवाही, ८७ जना मापसे गरी सवारी चलाउने 

सोमबार, जेठ ९, २०७९

काठमाडौं, ९ जेठ । ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा १ हजार ७५२ जना सवारी चालकलाई कारवाही गरेको छ ।  ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा कारवाही गरिएको हो ।  कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १०८ जना, मदिरा पिएर सवारी साधन चलाउने ८७ जना र रातो बत्तीको उल्लङ्घन गर्ने ७६ जना रहेका छन् ।  यस्तै, तिब्र गतीमा सवारी साधन चलाउने ७२ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ६९ जना, ढोका खुल्लै राखेर सवारी चलाउने ६४ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३३ जना र क्षमता भन्दा बढी यात्रु राख्ने १४ जना चालकमाथि पनि कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार