रौतहटमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 

सोमबार, जेठ ९, २०७९

रौतहट, ९ जेठ । रौतहटको देवाही गोनाही नगरपालिका–८ संग्राहलय चोकमा गएराती ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  मृतक अन्दाजी ३० वर्षीय युवकको सनाखत हुन बाँकी रहेको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा झाझपुल स्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।  ना ३ त ७०७३ नम्बरको ट्रयाक्टरले गएराती ९ बजे भारतीय नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।   ट्रयाक्टर चालक फरार भएकोले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय देवाही गोनहीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार