मनोज पाण्डेमाथि यौन दुर्व्यवहारकाे अर्को पनि आरोप

आइतबार, जेठ ८, २०७९

जेठ ८ , काठमाडौँ । कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेले यौन शोषण गरेको भन्दै अर्की युवती अपराध महाशाखामा पुगेर आफू पनि पाण्डेबाट यौन शोषणमा परेको बताएकी छिन्।  शनिबार प्रहरीले पाण्डेलाई पक्राउ गरे लगत्तै उनले सामाजिक सञ्जालमार्फत प्रहरीलाई सम्पर्क गरेकी थिइन्। आइतबार उनले महाशाखामै पुगेर घटना बारे बताएकी थिइन । सोमबार पाण्डेलाई प्रहरीले जिल्ला अदालत काठमाण्डौंमा उपस्थित गराउने भएको छ। अनुसन्धानका लागि सोमबार म्याद लिने तयारी गरेको महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरले बताए। 


यसअघि सुन्दरी प्रतियोगितामा सहभागी किशोरीले पाण्डेबाट यौन शोषणमा परेको भन्दै सामाजिक सञ्जाल (टिकटक) मार्फत सार्वजनिक गरेकी थिइन्। उनले घटना सार्वजनिक गरेसँगै दोषीलाई तत्काल कारबाही गर्न सडकदेखि संसदसम्म आवाज उठेको थियो। त्यसलगत्तै सरकारले घटनाको अनुसन्धान गर्न एसएसपी कुँवरको नेतृत्वमा ५ सदस्यीय अनुसन्धान समिति बनाएको थियो। समितिले शुक्रबार देखि नै अनुसन्धान गरिरहेको छ। शनिबार पक्राउ परेका पाण्डेलाई प्रहरी बृत्त नयाँ बानेश्वरको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। उनीविरुद्ध ती किशोरीले पनि सोमबार जाहेरी दिने तयारी गरेकी छन्। पाण्डेलाई प्रहरीले मानव बेचविखन तथा ओसारपसारको मुद्दा चलाउने तयारी गरेको छ। 
 

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १९:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार