बलात्कारसम्बन्धी हदम्याद संशोधनको माग राखेर सरकारलाई नेविसंघको ज्ञापनपत्र 

आइतबार, जेठ ८, २०७९

काठमाडौं, ८ जेठ । कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले बलात्कारसम्बन्धी हदम्यादको व्यवस्था संशोधनको माग राखेर सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।  नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वको टोलीले आइतबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीलाई बलात्कारसम्बन्धी हदम्यादको व्यवस्था संशोधन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । नेविसंघले एक वर्षे हदम्यादका कारण बलात्कारबाट पीडित महिलाहरूले न्याय पाउने अवस्थाबाट बञ्चित हुन परेको भन्दै  अहिलेको व्यवस्था न्यायपूर्ण नभएकाले संशोधन गर्नुपर्ने माग गरेको हो ।  ज्ञापनपत्र बुझाएपछि अधयक्ष शेर्पाले भने, ‘बलात्कारजस्ता जघन्य अपराधका घटनामा दोषीले कुनै हालमा उन्मुक्ति पाउनुहुँदैन । दोषीमाथि कडा कारवाही र विभेदकारी कानुनी व्यवस्था संशोधन हुनुपर्छ ।’ 
 

Avatar

Avatar

Avatar

Avatar

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १३:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार