मकवानपुरको इन्द्रसरोवरमा भएकाे दुर्घटनामा चारजनाको ज्यान गयो

शनिबार, जेठ ७, २०७९

हेटौंडा, ७ जेठ । मकवानपुर जिल्लाको इन्द्रसरोबर गाउँपालिकामा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।  शनिबार साँझ भएको गाडि दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको काठमाडौं र तीन जनाको हेटौंडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले बताए ।  
उनीहरूको अहिलेसम्म पहिचान खुलेको छैन । हेटौंडातर्फबाट काठमाडौं जाँदै गरेको ना४च २३१५ नम्बरको डिआई गाडी शनिबार साँझ ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ सिमखोलामा पुलको बारमा ठोक्किँएको थियो ।
दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन सकेको छैन । जिपमा सवार ८ जना मध्ये अन्य ४ जना घाइते भएका छन् ।

 

प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  २१:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार