श्रीलंकामा संकटकाल हट्यो

शनिबार, जेठ ७, २०७९

 काठमाडौं, ७जेठ ।  कोलम्बो–आर्थिक र राजनीतिक संकट सामना गरिरहेको श्रीलंकामा संकटकाल हटाइएको छ । झण्डै दुई सातापछि संकटकाल हटाएको हो । सरकारविरोधी प्रदर्शनबीच श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले ६ मेमा मध्यरातदेखि लागू हुने गरी आपतकालको घोषणा गरेका थिए । राजापाक्षेले एक महिनामा दोस्रो पटक आपतकाल घोषणा गरेका थिए । शुक्रबार मध्यरातबाट लागू हुने गरी आपतकाल हटाइएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  १५:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार