जेठ १० गते सरकारको नीति तथा कार्यक्रम

शुक्रबार, जेठ ६, २०७९

काठमाडौँ, ६ जेठ । गठबन्धन सरकारको नीति तथा कार्यक्रम यही जेठ १० गते मङ्गलबार  सङ्घीय संसद्मा पेश हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसदिन सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई जानकारी गराए । त्यसदिन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक संयुक्तरूपमा बोलाइएको छ । अपराह्न ४ बजेका लागि बोलाइएको बैठकका नीति तथा कार्यक्रम पेश हुनेछ । 

प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  १८:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार