जुम्लाका नवनिर्वाचित ८ वटै स्थानीय तहका प्रमुखले लिए शपथ 

शुक्रबार, जेठ ६, २०७९

जुम्ला, ६ जेठ । जुम्लाको एक नगरपालिका र सातवटा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले शपथ लिएका छन् । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहले शुक्रबार चन्दनाथ नगरपालिकामा  मेयर राजु सिहं कठायत, कनकासुन्दरीमा प्रमुख दामोदर आचार्य,  सिजागाउँपालिका पूर्णप्रसाद धिताल, हिमा गाउँपालिका प्रमुख लक्ष्मण शाही , तिला गाउँपालिका प्रमुख मोतिलाल रोकाया, तातोपानी गाउँपालिका प्रमुख नन्दप्रसाद चौलागाई,  गुठीचौरगाउँपालिका अध्यक्ष दानबहादुर बुढा र पातारासी गाउँपालिका प्रमुख पूर्णसिंह बोहराले शपथ ग्रहण गराएका हुन् ।  पालिकाका प्रमुखले  उपाध्यक्ष ,वडाध्यक्ष , वडा सदस्यलाई शपथ ग्रहण गराउने स‌ंवैधानिक व्यवस्था छ । 

 

Avatar

Avatar

Avatar

प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  १७:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार