शपथ ग्रहणपछि मेयर नापितले गरे पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण 

शुक्रबार, जेठ ६, २०७९

काठमाडौं, ६ जेठ । राप्रपाबाट शंखरापुर नगरपालिकाको मेयरमा निर्वाचित रमेश नापितले शपथ ग्रहणपछि पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण तथा श्रद्धाञ्जली प्रकट गरेका छन् ।  शुक्रबार शपथ लिएपछि उनले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका हुन् । त्यसपछि उनले सहिदगेटमा पुगेर सहिदहरुप्रति माल्यार्पण तथा श्रद्धाञ्जली प्रकट गरेका छन् । नवनिर्वाचित मेयर नापितले आफ्नो कार्यकक्षमा पनि पृथ्वीनारायण शाहको तस्बिर राख्ने बताएका छन् । 

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  १६:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार