पनौतीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

शुक्रबार, जेठ ६, २०७९

काठमाडौं, ६ जेठ । काभ्रेको पनौती नगरपालिका मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएको छ ।   कांग्रेसका रामशरण भण्डारी १४ हजार ५० मतसहित मेयरमा विजयी भए । निकटतम प्रतिद्वन्द्वी एमालेका भीम न्यौपानेले ११ हजार ७८३ मत पाए । यहाँ  कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो । उमपेयरमा एमालेकी गीता बन्जारा १२ हजार ३३७ मतसहित विजयी भएकी छन्।  निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका छवीलाल हुमागाईँले १० हजार ३८८ मत मात्र पाए । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  ११:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार