तीन सय ३५ स्थानीय तहको परिणाम सार्वजनिक

कुन दल कति ठाउँमा विजयी (विवरणसहित)
मंगलबार, जेठ ३, २०७९

काठमाडौँ, ३ जेठ : स्थानीय तह सदस्य निर्वाचन, २०७९ को जारी मतगणनाको परिणाम आउने क्रम जारी छ । मंगलबार साँझसम्म निर्वाचनको आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ३३५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मुलुकभर ७५३ पालिकाका लागि ३५ हजार २२१ पद छन् । वैशाख ३० गते भएको निर्वाचनमा स्थगन भएका १७ जिल्ला, २८ स्थानीय तहका ४४ मतदानस्थल बाहेकबाट मत परिणाम आउने क्रम जारी रहेको छ ।
मतगणना भइरहेका नगरपालिकामध्ये प्रमुख पदमा नेपाली कांग्रेसले ३६ मा जित हासिल गरी ७१ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले १८ स्थानमा जित हासिल गरी ५५ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले प्रमुख पदमा आठ स्थानमा जित र १७ स्थानमा अग्रता कायम गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सो पदमा एक स्थानमा जित र नौ स्थानमा अग्रता कायम गरेको छ । अन्यले तीन स्थानमा विजय हासिल गरी २९ स्थानमा अग्रता कायम गरेका छन् ।
मतगणना भइरहेका नगरपालिकामध्ये उपप्रमुख पदमा कांग्रेसले २७ स्थानमा जित हासिल गरी ६३ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले २२ स्थानमा जित हासिल गरी ६७ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले उपप्रमुख पदमा ११ स्थानमा जित र २२ स्थानमा अग्रता कायम गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सो पदमा तीन स्थानमा जित र सात स्थानमा अग्रता कायम गरेको छ । अन्यले दुई स्थानमा विजय हासिल गरी २२ स्थानमा अग्रता कायम गरेका छन् ।
मतगणना भइरहेका गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसले ११७ स्थानमा जित हासिल गरी ६८ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले ७७ स्थानमा जित हासिल गरी ४० स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले अध्यक्ष पदमा ६६ स्थानमा जित र २० स्थानमा अग्रता कायम गरेको छ । नेकपा (एकीकृत समाजवादी)ले चार स्थानमा जित र चार स्थानमा अग्रता कायम गरेको छ । अन्यले आठ स्थानमा विजय हासिल गरी २६ स्थानमा अग्रता कायम गरेका छन् ।
मतगणना भइरहेका गाउँपालिकाको उपाध्यक्ष पदमा नेपाली कांग्रेसले १२० स्थानमा जित हासिल गरी ६६ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले ७२ स्थानमा जित हासिल गरी ४३ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले उपाध्यक्ष पदमा ६७ स्थानमा जित र २१ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (एकीकृत समाजवादी)ले सात स्थानमा जित र तीन स्थानमा अग्रता कायम गरेको छ । अन्यले सात स्थानमा विजय हासिल गरी २४ स्थानमा अग्रता कायम गरेका छन् ।
मतगणना भइरहेका स्थानीय तहका वडाध्यक्ष पदमा नेपाली कांग्रेसले एक हजार ७२२ मा जित हासिल गरी ९५ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले एक हजार ३१९ मा जित हासिल गरी ११४ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले वडाध्यक्ष पदमा ७४२ स्थानमा जित र ३१ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा ११३ स्थानमा जित र १७ स्थानमा अग्रता कायम गरेको छ । अन्यले ३४७ स्थानमा विजय हासिल गरी २३ स्थानमा अग्रता कायम गरेका छन् ।
महिला सदस्य पदमा नेपाली कांग्रेसले एक हजार ६९५ मा जित हासिल गरी १०६ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले १ हजार ४२७ स्थानमा जित हासिल गरी ११३ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले महिला सदस्य पदमा ६९१ स्थानमा जित र ३२ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा ११५ स्थानमा जित र १९ स्थानमा अग्रता कायम गरेको छ । अन्यले ३०६ स्थानमा विजय हासिल गरी २० स्थानमा अग्रता कायम गरेका छन् ।
दलित महिला सदस्य पदमा नेपाली कांग्रेसले एक हजार ६४० मा जित हासिल गरी १०४ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले एक हजार ४०१ स्थानमा जित हासिल गरी ११३ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले दलित महिला सदस्य पदमा ७१० स्थानमा जित र ३२ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा १८५ स्थानमा जित र १७ स्थानमा अग्रता कायम गरेको छ । अन्यले २९६ स्थानमा विजय हासिल गरी २० स्थानमा अग्रता कायम गरेका छन् ।
वडा सदस्य पदमा नेपाली कांग्रेसले तीन हजार ३८८ मा जित हासिल गरी १०३ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले दुई हजार ८८८ स्थानमा जित हासिल गरी १२३ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले वडा सदस्य पदमा एक हजार २९४ स्थानमा जित र ३१ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (एकीकृत समाजवादी)ले सो पदमा २४४ स्थानमा जित र छ स्थानमा अग्रता कायम गरेको छ । अन्यले ६२५ स्थानमा विजय हासिल गरी ३२ स्थानमा अग्रता कायम गरेका छन् ।

निर्वाचन कसुरमा कारवाही गर्न निर्देशन

यसैबीच निर्वाचन आयोगले वैशाख ३० गतेको निर्वाचनका क्रममा गैरकानूनी रूपमा हुलदङ्गा, ढुङ्गामुढा, तोडफोड गर्ने, हातहतियारसहित मतदान केन्द्रमा प्रवेश गर्ने जस्ता कार्य गर्नेहरूलाई निर्वाचन कसुर तथा सजय ऐन, २०७३  कारबाहीबारे नेपाल प्रहरीलाई आज स्मरण गराएको छ । कारबाहीबारे आयोगले आज गरेको सो निर्णयका आधारमा नेपाल सरकार गृह मन्त्रालयमार्फत ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइएको र सोको जानकारी प्रहरी प्रधान कार्यालयलाई दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए

आठ स्थानीय तहमा शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न

राजनीतिक विवाद र उम्मेदवारको निधनका कारण गत वैशाख ३० गते स्थगन भएकामध्ये आठ स्थानीय तहका विभिन्न मतदानस्थलका मतदान केन्द्रमा आज शान्तिपूर्णरूपमा मतदान सम्पन्न भएको छ ।
निर्वाचन आयोगका अनुसार आज कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाका सबै मतदानस्थल, दाङको तुलसीपुर उपमहानगरपालिका–१७, सिरहाको गोलबजार नगरपालिका–११ र सर्लाहीको बरथहवा नगरपालिका–१७, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१३ को श्रीराम मावि मतदानस्थलका दुई मतदान केन्द्रमा मतदान सम्पन्न भएको हो ।
यस्तै अछामको पञ्चदेवल विनायक नगरपालिका–५ को नवज्योति माविका दुई मतदान केन्द्र, धनकुटाको शहीदभूमि गाउँपालिकाको ठाकुरदेवी माविको तीन मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरपालिका–१० को विजय माविको एक मतदान केन्द्र, बाजुराको बूढीनन्दा नगरपालिकाको पिस क्रियटिभ एकेडेमीस्थित एक मतदान केन्द्रमा आज मतदान भएको छ ।
राजनीतिक दल, उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका १७ जिल्ला, २८ स्थानीय तहका ४४ मतदानस्थलका ८५ मतदान केन्द्रमध्ये निर्वाचनको नयाँ मिति तोकिने र निर्वाचन हुने क्रम जारी रहेको छ । उदयपुरको त्रियुगा नगरपालिका र बाजुराका विभिन्न स्थानीय तहमा निर्वाचनको मिति तय गर्ने वा वैशाख ३० गते भएको निर्वाचनलाई मान्यता दिने भन्नेमा छलफल चलिरहेको छ ।
स्थगन भएकामध्ये जेठ १ गते ७ र २ गते १३ मतदान केन्द्रमा शान्तिपूर्णरूपमा मतदान सम्पन्न भएको छ ।–रासस

 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  २२:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार