सोसल मिडिया
Contact Us
युनिकोड
याङ्गुन । अपहरणमा परेमन म्यान्माका लागि बीबीसीका समाचारदाता आउङ थुरा अपहरणमुक्त भएका छन् । राजधानीस्थीत अदालत अगाडि समाचार संकलन गरिरहेका बेला सादा पोशाकमा आएका व्यक्तिहरूले उनलाई शुक्रबार अपरहण गरेका थिए । म्यान्मामा सेनाले चालेको अप्रजातान्त्रिक कदमका विरुद्धमा आन्दोलन चर्किरहेका बेला बेपत्ता भएका पत्रकार सम्पर्कमा आएको बीबीसीका अधिकारीले सोमबार जनाएका छन् । घटनाका बारेमा विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । बीबीसीका समाचारदातासँगै स्थानीय मिज्जीमाका समाचारदाता थान हटिक अउङ पनि बेपत्ता भएका थिए । उनलाई भने अझै पनि अपहरणमुक्त गरिएको छैन । गत फेब्रुअरी १ मा भएको सैन्य विद्रोहपछिको आन्दोलनका क्रममा म्यान्मामा अहिलेसम्म दुई हजार ६०० जना गिरफ्तार भएका छन् । २५० भन्दा बढीको मृत्यु भएको पनि विभिन्न निकायको तथ्याङ्कमा उल्लेख गरिएको छ । कतिपय अधिकारकर्मीहरूले भने आन्दोलनका क्रममा मारिएकाहरूको सङ्ख्या अझै धेरै हुनसक्ने दावी पनि गरेका छन् । सेनाले नेतृ आङसान सूचीसहित धेरै नेताहरूलाई अहिले पनि नियन्त्रणमा राखेको छ । सैन्य विद्रोह भएपछि म्यानमारमा पत्रकार मात्रै ४० जना पक्राउ परिसकेको अधिकारीहरूले जनाएका छन् । सेनाले पाँच सञ्चारमाध्यमको अनुमति पनि खारेज गरेको छ ।– एएफपी