सोसल मिडिया
Contact Us
युनिकोड
काबुल । अफगानिस्तानका राष्ट्रपति असरफ घानी र अमेरिकी रक्षामन्त्री लियोड अस्टिनबीच आइतबार अफगानिस्तानको राजधानी काबुलमा भेटवार्ता भएको छ । उनीहरुबीचको भेटमा अफगानिस्तानमा अशान्ति मच्चाइरहेका तालिबानका विषयमा कुराकानी भएको बताइएको छ । तालिबानहरुसँग शान्ति वार्ता गर्ने विषयमा पनि कुराकानी भएको बुझिएको छ । वार्ताका क्रममा अफगानिस्तानका राष्ट्रपति घानी र अमेरिकी रक्षामन्त्री अस्टिनले ताबिलानहरुको हिंसात्मक गतिविधिका बारेमा चिन्ता व्यक्त गरेका थिए । अमेरिकी रक्षामन्त्री अस्टिन आइतबार बिहान अफगानिस्तान आएका हुन् । उनले वार्ताका क्रममा अमेरिका अफगान सरकार र तालिबान बीचमा शान्ति वार्ताका लागि सहजीकरण गर्ने काममा तयार रहेको धारणा राखेका थिएि । अफगानिस्तानको सरकार र तालिबानका बीचमा गत वर्षदेखि नै शान्ति वार्ता शुरु भएको भनिए पनि अहिले त्यसले निरन्तरता पाउन सकिरहेको छैन ।–सिन्ह्वा