राजदूत शर्माले भारतीय राष्ट्रपतीलाई बुझाए ओहोदाको प्रमाणपत्र

बुधबार, वैशाख २८, २०७९

काठमाडौं, २८ वैशाख । भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आफ्नो ओहोदाको प्रमाणपत्र भारतका राष्ट्रपति रामनाथ कोविन्द समक्ष बुझाएका छन् ।  भारतको राष्ट्रपति भवनमा बुधबार आयोजना गरिएको एक कार्यक्रमबीच उनले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।  शर्मालाई केही साता अघि सरकारले भारतको लागि नपाली राजदूत नियुक्त गरेको थियो । 

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १५:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार