दुनाटपरी बेचेर मनग्य आम्दानी

बुधबार, वैशाख २८, २०७९

कञ्चनपुर, २८ वैशाख  ।  दुनाटपरी बचेर कृष्णपुर नगरपालिका– ६ बन्जरियाका श्यानीदेवी चौधरीले घरखर्च चलाउँदै आउएकी  छन्  । घरको कामबाट फुर्सद पाइएका बेला उनले दुनाटपरी बनाउछीन्  । उनले  बनाइएका ती दुनाटपरी नजिकैको गुलरी बजार र कैलालीको धनगढी बजारमा बिक्री हुने गर्दछ  । उ,नले  बाँसको सिन्का सालको पातमा गाँसेर दुनाटपरी बनाउँदै आएकी छन्  । यसबाट महिनामा रु १० हजारदेखि रु १५ हजार जति आम्दानी हुने गरेको छ ।”

महाकाली सामुदायिक वनले दुनाटपरी बनाउनका लागि पात ल्याउनका लागि सहज गरिदिएको जनाइएको छ ।  उनले भनीन् , “पात ल्याएर फुर्सदका बेला दुनाटपरी लगाउछु । लगाएको दुनाटपरी बिक्री गरेर आउने पैसाले समूह बचत गर्ने कार्यसँगै घरको नून, तेल, साबुन, कपडा धुने सोडा खरिद गरेर ल्याउ छु ।” विद्यालयमा पढने बालबालिकाको खर्चसमेत दुनाटपरी बिक्री गरी आएको पैसाले धान्ने गरेको  छु  ।

घरको अत्यावश्यक कार्यका लागिसमेत दुनाटपरी बेचेर आएको पैसाखर्च हुने गरेको उनले बताइन्  । धेरैजसो धार्मिक कार्यका लागि दुनाटपरीको प्रयोग हुन्छ । मन्दिर, बौद्ध गुम्बालगायतमा दुना टपरीको बढी माग आउने गर्दछ । “पहिला एक दुनाटपरी तीन रुपैयाँमा बिक्री हुन्थ्यो । हाल मूल्य बढेर पाँच रुपैयाँमा बिक्री हुन्छ । जति बनाउन सक्यो त्यतिनै फायदा छ” किसान चौधरीले भनिन्  । 

दुनाटपरी विशेष गरी सालको पात र मालुको पातको बन्ने गरेको छ । सालको पातको दुनाटपरी बढी दिनसम्म चल्ने भएकाले त्यसकै माग बजारमा बढी हुने गरेको छ ।
 दुनाटपरीसमेत विभिन्न प्रकारको हुने गरेको छ । जसमा बमुन्या पत्री, बोसो डोन्या, चिरी डोन्या, डोष्टी डोन्या बढी प्रचलित रहेका छन । देख्नमा आकर्षक र ठूला आकारका दुनाटपरी ग्राहकले बढी रुचाउने गरेका छन् । 

“बजार दुनाटपरीको माग धेरै छ” श्यानीदेवीले भनिन् , “पु¥याउनै सकिदैन । जति बनाए पनि बजारमा बिक्री हुन्छ । यसलाई व्यवसायीकरण गरी बजारमा ल्याउन सके बढी आम्दानी लिन सकिन्छ ।” उनले बुहारीलाई समेत दुनाटपरी बनाउने सीप सिकाउने कार्य  गरेको बताइन्   ।
 
यससँगै सामुदायिक वनले उपभोक्ताको आय–आर्जनमा टेवा पु¥याउनका लागि सञ्चालन गरेको दुनाटपरी बनाउने तालिममा प्रशिक्षक भएर बीस  महिलालाई सीप सिकाउने कार्यलाई निरन्तरता दिँदै आएका  छन्  । श्यानी जस्तै बिर्सना चौधरीलेसमेत दुनाटपरी बनाइ बजारमा बिक्री गर्ने कार्यमा संलग्न रहेका छन्  ।
 
“पहिला ग्राहक खोज्न निकै अप्ठेरो थियो” उनले भनिन् , “हाल ग्राहक दुनाटपरी खोज्दै घरमै आइपुग्ने गरेका छन् । घरमै आफूलाई पनि दुनाटपरी चाहिन्छ । माग आए अनुसार बजारमा समेत बेच्छौ ।”थारु समुदायमा दुनाटपरी बनाउने कला पुस्तौंदेखि पुस्तान्तरण हुद्र  आएको छ । धार्मिक कार्य र अनुष्ठानमा सालको पातका दुनाटपरी सामग्री राख्नका लागि परापूर्वकाल देखिनै प्रयोग हुँदै आएका छन् । 


हाल  यसको प्रचलन पहिला जस्तै रहेको छ । धार्मिक कार्यसँगै थारु समुदायले दुनाटपरीमा खानाका परिकार पस्केर खाने कार्यसमेत हँदै आएको छ । पहाडी समुदायलेसमेत धार्मिक कार्यमा दुनाटपरीको प्रयोग गर्दै आएका छन् । महकाली सामुदायिक वनका अध्यक्ष वीरबहादुर राजवंशी दुनाटपरीको माग बजारमा बढ्दै गएकाले मेसिनको व्यवस्था गरी व्यावसायिक रुपमा दुनाटपरी उत्पादन गरी बजारमा बिक्री गर्ने योजना रहेको जानकारी दिए  ।
 
यस व्यवसायमा आर्थिक रुपमा विपन्न रहेका उपभोक्ताको सहभागिता गराई आर्थिक रुपमा सवल पार्ने योजना रहेको उनको भनाइ छ । हिन्दू धर्ममा दुनाटपरीको प्रयोग व्यक्तिको जन्मदेखि मृत्यु संस्कार सम्ममा प्रयोग हुने गरेको छ । रासस


 

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १३:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार