पानीमा डुबेर चार जनाको मृत्यु 

बुधबार, वैशाख २८, २०७९

काठमाडौं, २८ वैशाख । दैलेख, ताप्लेजुङ र गुल्मीमा डुबेर चार जनाको मृत्यु भएको छ ।  दैलेखको भैरवि गाउँपालिका–२ तिप्तडास्थित कुन्टे तलाउमा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर दुल्लु नगरपालिका–८ बस्ने १८ वर्षीय गोबिन्द भण्डारीको मंगलबार दिउँसो मृत्यु भएको छ ।  ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका–१ नाङखोल्याङ बस्ने अनुप लिम्बुकी छोरी १५ महिनाकी साया लिम्बुको डुबेर मृत्यु भएको छ । 

आफ्नै घर नजिक रहेको माछा पोखरीमा डुबेर मंगलबार उनको मृत्यु भएको प्रहरीले जनाएको छ । डुबेर अचेत अबस्थामा रहेकी उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  गुल्मीको रेसुङगा नगरपालिका–१४ छल्दिपना खोलामा मंगलबार दुई जना मृत अवस्थामा फेला परेका छन् । डुबेर मृत्यु हुनेमा सोही ठाउँ बस्ने पदम सामतको छोरा १७ वर्षीय अनिल सामत र जित बहादुर सामतको छोरा १३ वर्षीय सुधन सामत  रहेका छन् । 

माछा मार्न गएकोमा घर नफर्किएपछि  खोजी गर्ने क्रममा उक्त खोलामा डुबेर मृत्यु भएको अवस्थामा उनीहरुको शव फेला परेको प्रहरीले जनाएको छ ।  घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १२:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार