एमालेले मदननगरमा अत्याधुनिक पार्टी कार्यालय बनाउने

शनिबार, चैत ७, २०७७

काठमाडौँ । नेकपा (एमाले) ले पुरानो कार्यालय मदननगर बल्खुमा पार्टी कार्यालय बनाउने भएको छ । विसं २०७२ को भूकम्पका कारणले भत्किएको एमालेको मुख्यालय सोही ठाउँमा पुनः बनाउन थालिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको १२औँ केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस आगामी वैशाख ९ गतेका दिन केन्द्रीय कार्यालय रहेको स्थल बल्खुमा पार्टी कार्यालयको शिलान्यास गर्ने निर्णय गरेको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।  विसं २०५३ मा निर्माण गरिएको एमालेको पार्टी मुख्यालय भूकम्पले क्षति भएपछि धुम्रबराहीमा सारिएको थियो । एमालेका कार्यलय सचिव ईश्वरी रिजालले पार्टीको आवश्यकताअनुसार भवन अत्याधुनिक बनाइने बताए । पुराना कार्यालयका करिब १३ रोपनी जग्गा पार्टीको नाममा छ । शिलान्यासको तयारी जिम्मेवारी विष्णु रिमाललाई दिइएको छ । 
 

प्रकाशित मिति: शनिबार, चैत ७, २०७७  २२:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार