‘ग्लोबल फ्रेन्डशिप आर्ट फेष्टिवल’ सुरु

बुधबार, वैशाख २८, २०७९

काठमाडौँ, २८ वैशाख । काठमाडौँमा आजदेखि ‘ग्लोबल फ्रेन्डशिप आर्ट फेष्टिवल नेपाल २०२२’ सरु भएको छ । बङ्गलादेश कलाकार समूहको आयोजनामा भएको उत्सवको यो तेस्रो संस्करण हो । उक्त फेष्टिवलको नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले उद्घाटन गर्दै सांस्कृतिक आदानप्रदान तथा दुई देशको ऐतिहासिक तथा मानवीय सभ्यतालाई जोड्न उत्सव महत्वपूर्ण हुने बताए ।
राजदूत चौधरीले उक्त कार्यक्रम बङ्गलादेशको सांस्कृतिक विविधतालाई कलाका माध्यमबाट नेपालका कला पारखीलाई देखाउने अवसर भएको पनि बताए ।
आपसी विश्वासमा बाँधिएको दुई देशको सम्बन्धलाई यस उत्सवले थप बलियो बनाउने र एकअर्काको मूल्य मान्यतालाई स्वीकार गर्न सघाउने उनको भनाइ थियो ।
प्रदर्शनीमा नेपाल र बङ्गलादेशसहित भारत, अमेरिका, ग्रिस, क्यानडा र जापानका कलाकारका ३४ सिर्जना समावेश गरिएको छ । उत्सवमा विदेशी कलाकारहरूसमेत सहभागी छन् । प्रदर्शनी पाँच दिनसम्म चल्ने छ ।–रासस

 

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  ०६:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार