पाँच वर्ष खेर फालेकाले ओली अभियुक्त हुन्: गगन थापा

मंगलबार, वैशाख २७, २०७९

२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच वर्ष खेर फाल्ने कार्य गरेकाले अभियुक्त भएको टिप्पणी गरेका छन् । मतदातालाई ओलीले जवाफ दिने समय भएकाले ओली अभियुक्त भएको उनले जिकिर गरे । प्रधानमन्त्रीकै रुपमा भृकुटीमण्डपमा ओलीले सम्बोधन गर्नुपर्नेमा कांग्रेसलाई धारेहात लगाउँदै पूर्व-पश्चिम गरिरहेको थापाले आपत्ति जनाए । चुनावी सभाको अन्तिम दिनमा भुकृटीमण्डपमा एमालेले सभा गरिरहेको छ । असनबाट गठबन्धनको सभामा बोल्दै गर्दा थापाले भने,‘अहिले भृकुटीमण्डमा बोल्दै गर्दा केपी शर्मा ओली प्रधानमन्त्रीकै रुपमा बोलेको हुनुपर्ने हो कि होइन रु संसद भंग किन गरेको हो रु मूल झगडियाले माफी माग्नु पर्छ कि पर्दैन र?’

पूर्वप्रधानमन्त्री ओलीले २२९ सडकका लागि शिलन्यास गर्दै गर्दा बजेट विनियोजन नगरी स्विच थिचेको बताए । कोरोना संक्रमणको समयमा  ५ हजार जनतालाई बचाउन सकिने भएपनि ओली सरकारकै कारण ज्यान गएको उनले आरोप लगाए । ‘अहिले सजाय पाउने पालो एमालको हो’ थापाले भने ।

प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  १९:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार