पौडी खेल्दा बेपत्ता बालक भेटिएनन्

मंगलबार, वैशाख २७, २०७९

दमौली, २७ वैशाख । तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा सोमबार बेपत्ता भएका बालक फेला परेका छैनन् । बेपत्ता हुनेमा घिरिङ गाउँपालिका–५ धेनुङका १२ वर्षिय ईश्वर विक रहेको प्रहरीले जनाएको छ । सोमबार दिउँसोदेखि बेपत्ता बालक अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । बेपत्ता बालकको आज पनि खोजीकार्य जारी छ ।  पुट्टारबाट स्याउलीबजार जोडिएको झोलुङ्गे पुलबाट केही तल तीन जना पौडी खेल्न गएकामा विक नदीले बगाएर बेपत्ता भएका हुन् । अन्य दुई भने नदी तर्न सफल भएका थिए । बेपत्ता बालकका आमा पूर्णमाया विकले छोराको खोजीका लागि सहयोग पु¥याउन आग्रह गरेकी छन् । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  १७:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार