श्रीलङ्कामा बस दुर्घटनामा परी कम्तीमा १४ को मृत्यु, ३० भन्दा बढी घाइते

शनिबार, चैत ७, २०७७

कोलम्बो । श्रीलङ्काको पासारामा शनिबार भएको बस दुर्घटनामा परी कम्तीमा १४ जनाको  मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । राजधानी कोलम्बोबाट करिब ३५७ किलोमिटर टाढा मोनेरागला–बडुल्ला सडक क्षेत्रमा गुडिरहेको बस भीरबाट खसी भएको दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने बसमा यात्रारत ३० व्यक्ति सख्त घाइते भएका छन् । प्रत्यक्षदर्शी घाइते यात्रुका अनुसार चालकको लापर्बाहीका कारण बस दुर्घटना भएको हो । मृत्यु हुनेहरूमा चालकसहित नौजना पुरूष रहेका र पाँच महिला रहेका अधिकारीहरूले बताएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ भने घाइते सबै जनालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ । श्रीलङ्कामा कमजोर सडक संरचना, पूराना सवारी साधन, चालकको लापर्बाही र क्षमताभन्दा अत्यधिक बढी भार लिएर सवारी चलाइने गर्दा बर्षेनी सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउने गर्छन् ।–सिन्ह्वा
 

प्रकाशित मिति: शनिबार, चैत ७, २०७७  २२:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार