आज काठमाडाैंमा चुनावी सभा गर्दै एमाले, ओलीले सम्बाेधन गर्ने

मंगलबार, वैशाख २७, २०७९

काठमाडाैं, २७ वैशाख  ।  स्थानीय तहकाे निर्वाचनकाे माैन अवधि सुरु हुन केही घन्टा मात्र बाँकी रहँदा नेकपा (एमाले)ले आज काठमाडौंको भृकुटीमण्डपमा चुनावी सभा आयाेजना गर्ने भएको छ ।एमाले काठमाडौं जिल्ला कमिटीकाे आयाेजनामा दिउँसाे २ बजे हुने सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले  सम्बाेधन गर्ने कार्यक्रम छ ।एमाले काठमाडौं जिल्ला कमिटी सचिव राजेश शाक्यका अनुसार वडा-वडादेखि आउने जुलुस/र्‍याली सभा स्थल जानेछन् ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  १०:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार