गणतन्त्र उल्ट्याउने र संविधान जोगाउनेबीच प्रतिस्पर्धा : प्रचण्ड

सोमबार, वैशाख २६, २०७९

धनगडी, २६ वैशाख । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले गणतन्त्र उल्ट्याउने र संविधान जोगाउनेबीच प्रतिस्पर्धा भइरहेको बताएका छन् ।  धनगढीमा सोमबार आयोजित पाँच दलीय गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रचण्डले गणतन्त्र उल्ट्याउन खोज्ने एमाले र संविधान जोगाउने गठबन्धनबीच प्रतिस्पर्धा भइरहेको बताएका हुन् । 

देशलाई २०१८सालमा फर्काउने एमाले अध्यक्ष केपी ओलीको योजना असफल पार्न गठबन्धन बनेको उनको भनाइ छ ।  सदन चल्न नदिएर देशलाई अन्धकार बनाउन खोज्नेले जनताको आँखामा छारो हालेर चुनाव जित्न खोजेको प्रचण्डको आरोप छ । 

प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  १५:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार