उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सोमबार, वैशाख २६, २०७९

उदयपुर, २६ वैशाख  । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा आइतबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार त्रियुगा नगरपालिका–१ का २० वर्षीय भुपेन्द्र चौधरी रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  घाइते भएका मोटरसाइकल चालक १८ वर्षीय अविशेक चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । मोतिगडाबाट जोगिदहतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ प ४४६८ नम्बरको मोटरसाइकल हिजो बेलुकी साढे ८ बजे अनियन्त्रित भइ पल्टिएको हो ।

प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  १०:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार