बिरामीको हवाई उद्धार

सोमबार, वैशाख २६, २०७९

रसुवा, २६ वैशाख । दक्षिणी रसुवाको डाँडागाउँबाट एक बिरामीको हवाई उद्धार गरिको छ । यसरी उद्धार हुनेमा रसुवा जिल्ला उत्तरगया गाउँपालिका–२ कटुञ्जे निवासी ७० वर्षकी राधिका सापकोटा रहेकी छिन् । डाडागाउँ स्वास्थ्य चौकीका (सिअहेव छैटौँ–तह) स्वास्थ्यकर्मी विश्वराम देवकोटाका अनुसार आज बिहान लडेर घाइते भएकाले उनलाई काठमाडौँस्थित न्यूरो अस्पतालमा हेलिकप्टरद्वारा पठाइएको हो । भौगोलिक विकटता भएको उक्त क्षेत्रमा घाइते सापकोटाको स्वास्थ्यमा जटिलता बढेपछि स्वास्थ्यकर्मीको परामर्शमा उहाँका आफन्तजनले हेलिकप्टर झिकाएको बताइएको छ ।
जटिल अवस्थाको बिरामी उद्धारका लागि हिमाली जिल्ला रसुवाका नागरिकले हेलिकप्टर रिर्जव गर्नुपर्ने बाध्यता छ भने समयमै शुल्क बुझाए पनि हेलिकप्टर कम्पनीले अपराह्न मात्र उडान भरेको आफन्तले बताएका छन् ।–रासस

 

प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  ०७:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार