जेठ ३ गते संसद् अधिवेशन 

राष्ट्रपति भण्डारीद्वारा दुवै सदनको अधिवेशन आह्वान
आइतबार, वैशाख २५, २०७९

काठमाडौँ, २५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते मङ्गलबार अपराह्न ४ बजे सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्ले आज गरेको सिफारिसअनुुसार उक्त दिन दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् । 
राष्ट्रिपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९÷१÷२५ को सिफारिसमा संवत् २०७९ साल जेठ ३ गते मङ्गलबारका दिन ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, बानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।” –रासस

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  २१:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार