हेटौंडा अस्पताल रिफर सेन्टरका रुपमा विकास भएको छ : नेता सिंह

आइतबार, वैशाख २५, २०७९

हेटौंडा, २५ वैशाख ।  हेटौंडा उपमहानगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवारी दिएका दीपक बहादुर सिंहले हेटौंडा अस्पताल रिफर सेन्टर मात्रै भएको बताएका छन् ।

आज राप्रपा मकवानपुरले हेटौंडामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सिंहले हेटौंडाको स्वास्थ्य क्षेत्र निकै कमजोर रहेको आफूले मेयरमा जिते विशेषज्ञ सेवा सहितको सुविधायुक्त अस्पताल निर्माण गर्ने बताएका हुन् । उनले हेटौंडाबासीले मेयरमा जिताए भ्रष्टाचार अन्त्य गर्ने घोषणा पनि गरे ।

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १८:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार