कैलालीमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु 

आइतबार, वैशाख २५, २०७९

कैलाली, २५ वैशाख  । कैलालीको गोदावरी नगरपालिका–७ मा दुइओटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । से ६ प १८७३ नम्बरको मोटरसाइकल र सुदुरपश्चिम प्रदेश ०१–००९ प ९५ ४६ नम्बरको मोटरसाइकल शनिबार बेलुकी पौने ८ बजे ठोक्किएका थिए । 

मृत्यु हुनेमा ९५४६ नम्बरको मोटरसाइकल चालक कैलालीकै बर्दगोरीया नगरपालिका–१ का २८ वर्षीय प्रकाश साउद रहेका छन् ।  दुर्घटनामा परि गम्भीर घाइते भएका साउदको उपचारको क्रममा प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।घाइते भएका अर्का चालकको पद्यमा अस्पताल अत्तरीयामा  उपचार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १३:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार