निर्वाचन तयारीबारे जानकारी दिँदै ओली

आइतबार, वैशाख २५, २०७९

काठमाडौं, २५ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बिहान साढे १० बजे पत्रकार सम्मेलन गर्दैछन् । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय रहेको तुलसीलाल अमात्य स्मृति भवनमा पत्रकार सम्मेलन गरेर निर्वाचनको तयारीलगायत विषयमा ओलीले जानकारी दिन लागेका हुन् ।उनी नेतृत्वको एमालेले निर्वाचन केन्द्रित चुनावी सभा देशका अधिकांश ठाउँमा गरिसकेको छ ।  सर्वाधिक उम्मेदवार एमालेले नै स्थानीय तह निर्वाचनमा खडा पनि गरेको छ । उम्मेदवारलाई  मत दिएर विजयी गराइदिन उनले मतदाताहरूलाई आह्‍वान गर्दै आएका छन्। 

२०७४ सालमा भएको निर्वाचनमा एमाले पहिलो दल बनेको थियो । यस पटक भने चुनौती थपिएको छ ।  कारण, एमालेविरुद्ध कांग्रेस नेतृत्वमा पाँच दलीय गठबन्धन छ।गठबन्धनमा दोस्रो, तेस्रो, चौंथो र पाँचौं दल छन् ।  ओलीले पाँच दल मिलेर बनेको गठबन्धनलाई ‘मिलेर खान बनेको गठबन्धन’को संज्ञा दिने गरेका छन् ।  तर, पनि एमाले पहिलो दल बन्ने उनको दाबी रहँदै आएको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १०:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार