‘सुशासित, समन्नुत र सुसंस्कृत वीरेन्द्रनगर’ मुख्य चुनावी एजेण्डा

मंगलबार, वैशाख २०, २०७९

कर्णाली, २० वैशाख । सुर्खेतको वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी रहेको नगरपालिका । प्रदेशमा सबैभन्दा बढी मतदाता पनि यहीँ छन् । १६ वडा र ६७ हजार मतदाता रहेका वीरेन्द्रनगरमा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न मुख्य दलहरुबीच प्रतिस्पर्धा छ । 
निर्वाचनको मिति नजिकिँदै गर्दा प्रदेशका अन्य पालिकाभन्दा यतिबेला वीरेन्द्रनगरमा सबैको नजर परेको छ । पार्टीका केन्द्रीय नेतादेखि शुभेच्छुक÷कार्यकर्ताहरु उम्मेदवारसँगै घरदैलोमा व्यस्त छन् । चुनावी अड्कलबाजीसँगै राजधानी नगरको जित–हार मुख्य दलहरुका लागि प्रतिष्ठाको विषय बनेको छ ।  अघिल्लो निर्वाचन परिणाम हेर्दा यहाँ नेपाली कांगे्रस र नेकपा (एमाले) बीच कडा प्रतिस्पर्धा थियो । मेयर (प्रमुख) कांगे्रस, उपमयेर (उपप्रमुख) एमालेले जितेका थिए । वडातर्फ एमालेले नौ, कांगे्रस छ र नेकपा (माओवादी केन्द्र) ले एक वडामा जित हासिल गरेका थिए । यसपटक प्रमुख÷उपप्रमुख पदमा कांगे्रस–माओवादी केन्द्रले तालमेल गरेका छन् । वडामा भने अलगअलग उम्मेदवारी छ । मेयरमा कांगे्रसका नगरसभापति उपेन्द्र खड्का तथा उपमेयरमा माओवादी केन्द्रकी शान्ति ढकालको उम्मेदवारी छ ।  कांगे्रस–माओवादी केन्द्र संयुक्त चुनावी प्रचारमा छन् भने एमाले एक्लै । एमालेबाट नगरप्रमुखमा निवर्तमान उपप्रमुख मोहनमाया ढकाल र उपप्रम्खमा निवर्तमान वडा नं ४ का अध्यक्ष निलकण्ठ खनालको उम्मेदवारी छ । ढकाल पार्टी केन्द्रीय सदस्य तथा खनाल नगर कमिटी अध्यक्ष हुन् । 
वीरेन्द्रनगरको प्रमुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट पूर्वनगरप्रमुख एवं सोही पार्टीका केन्द्रीय उपाध्यक्ष मुकुन्दश्याम गिरी र उपप्रमुखका लागि लक्ष्मी विक छिन् । अघिल्लो निर्वाचनमा ‘प्रभाव शून्य’ देखिएको राप्रपा यसपटक ‘हेभिवेट’ उम्मेदवारका साथ मैदानमा उत्रिएको छ । सो पार्टीले सबै वडामा उम्मेदवारी दिएको छ । प्रमुख पदका उम्मेदवार गिरी विसं २०६१ मा नगरप्रमुख, विसं २०४३ मा लाटीकोइली गाउँका प्रधानपञ्च हुन् । वीरेन्द्रनगरको चुनावी मैदानमा यसपटक नेकपा (एकीकृत समाजवादी) पनि थपिएको छ । सो पार्टीले नगरप्रमुखमा धना शाही र उपप्रमुखमा वीरबहादुर रावतलाई उम्मेदवार बनाएको छ । 

यस्ता छन् एजेण्डा
मुख्य प्रतिस्पर्धी दल कांगे्रसले तेस्रो ठूलो दल माओवादी केन्द्रसँग तालमेल गरेपछि एमालेलाई चुनौती थपिएको छ । उम्मेदवारले घरदैलो र चुनावी सभामार्फत प्रचार अभियानलाई तीव्रता दिएका छन् । चुनाव चिह्न, पार्टीका झण्डा, ब्यानरसहित दलका प्रचार अभियानले वीरेन्द्रनगरमा चुुनावी माहौल तातेको छ । कांगे्रसले आफ्नो नेतृत्वमा वीरेन्द्रनगरमा भएका विकासका आधारमा मूल्याङ्कन गरेर जनताले यसपटक पनि पुनःनिर्वाचित गराउने अपेक्षा राखेको छ । कांगे्रसका नगरप्रमुख उम्मेदवार उपेन्द्र खड्काले सङ्गठित मतदाता, विकास निर्माणमा कांगे्रसले लिएको अग्रसरता, माओवादी केन्द्रसँगको तालमेलका कारण आफूले सहजै जित्ने दाबी गर्नुभयो । ‘सुशासित, समन्नुत र सुसंस्कृत वीरेन्द्रनगर’ कांग्रेसको मुख्य एजेण्डा हो । 
उम्मेदवार खड्काले असल शासन, जवाफदेहिता, शिक्षा, युवा तथा खेलकुदको विकास, घरघरमै टेलिमेडिसिन सेवा, एक टोल एक कृषि उपज सङ्कलन केन्द्र, उद्यमशिलता र रोजगारी, एक वडा एक उद्यमशिलता केन्द्र, पर्यटन प्रवद्र्धन, नगर बस सञ्चालन, एक घर एक विरुवा, फोहरमैला व्यवस्थापन, सामाजिक न्याय र सशक्तिकरण, कला संस्कृतिको संरक्षण, सूचना प्रविधिमैत्री सुरक्षित नगर बनाउने प्रतिबद्धता अघि सारेका छन् । बुलबुले–काँक्रेबिहार सर्किट निर्माण गरी ¥याफ्टिङ सञ्चालनमा ल्याउने, सामूहिक बीमा कार्यक्रम लागू गर्ने, पशु सुत्केरी भत्ताको व्यवस्था गर्ने, महिला, बालबालिका, अपाङ्गता भएका, ज्येष्ठ नागरिक लक्षित कार्यक्रम बनाई लागू गर्ने उनका योजना छन् । 
एमालेबाट नगरप्रमुख पदका उम्मेदवार मोहनमाया ढकालले बलियो सङ्गठन, सङ्गठित मतदाता, नगरको विकासमा पार्टीले निर्वाह गरेको भूमिका र पार्टीको लोकप्रियताका कारण आफूले जित्ने दाबी गरे । एमालेले महानगर तथा उपमहानगर नभएको कर्णाली प्रदेशमा वीरेन्द्रनगरलाई ‘उपमहानगर’ बनाउन आवश्यक भौतिक पूर्वाधारको विकास गर्ने, तीन वर्षभित्र भेरी लिफ्टिङ आयोजना सम्पन्न गर्ने, ज्येष्ठ नागरिकका हात–हातमा वृद्ध भत्ता पु¥याउने, चक्रपथ निर्माणलाई पूर्णता दिने, नगर यातायात सञ्चालन, पार्किङ क्षेत्र व्यवस्थापन, बसपार्क विस्तार, उपयुक्त स्थानमा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न पहल गर्ने प्रतिबद्धता अघि सारेको छ । नगरविकास प्राधिकरण गठन गरी सुर्खेत उपत्यका गुरुयोजनाको कार्यान्वयन हुने गरी विकास आयोजना सञ्चालन गर्ने एमालेको चुनावी एजेण्डा छ । 
एकीकृत समाजवादीबाट नगरप्रमुखको उम्मेदवार धना शाहीले पुराना पार्टीहरुबाट आममतदाता आजित भएकाले आफूहलाई जिताउने दाबी गरे । उनले भने, “हाम्रो दल नयाँ हो, पुराना पार्टीहरूबाट आजित नगरवासीले विकल्प खोजेका छन्, यसकारण पनि हाम्रो पक्षमा जनमत सिर्जना हुने अपेक्षा छ ।” राप्रपाबाट प्रमुखका उम्मेदवार गिरीले विगतमा राजनीतिक र सामाजिक क्षेत्रमा आफूले गरेको कामबाट जनता प्रभावित भएकाले आफूले जित हासिल गर्ने बताए । 
उनले तत्कालीन क्षेत्रीय अस्पताल स्थापना, सुर्खेत विमानस्थल विस्तार, विभिन्न सडक योजनाको गुरुयोजना बमोजिम ट्रयाक निर्माण, खानेपानी लाइन वितरण, विभिन्न वडामा सामुदायिक विद्यालय स्थापनामा आफूले भूमिका खेलेको उनको दाबी छ । 
उनले यसपटक सुर्खेत उपत्यकाको गुरुयोजना कार्यान्वयन, विमानस्थल विस्तार, वीरेन्द्रनगरको विद्युत् र पिउनेपानी समस्या समाधानलाई मुख्य प्राथमिकतामा राखेका छन् ।–रासस 

प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  १९:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार