पशुपतिमा जलहरी राख्न सहज

मंगलबार, चैत ३, २०७७

काठमाडौं । सर्वोच्च अदालतले पशुपतिको मूल मन्दिरको शिवलिङ्गमा सुनको जलहरी तत्काल राख्न सहज गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले गत फागुन १२ गतेको अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि सुनको जलहरी राख्न सहज भएको हो । सरकारले पशुपतिमा सुनको जलहरी राख्ने निर्णय गरेपछि उक्त निर्णयविरुद्ध पशुपति क्षेत्र विकास कोषका पूर्वकोषाध्यक्ष नरोत्तम वैद्य र अधिवक्ता नीकिता ढुङ्गानाले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।  उक्त रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइमा न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले जलहरी राख्ने सरकारको निर्णयलाई यथास्थितिमा राख्न अन्तरकालीन आदेश जारी भएको थियो । आजका लागि दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।  राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिको मूल मन्दिरको शिवलिङ्गमा गत फागुन १२ गते नै पूजाआरधना गरी १०८ किलोको सुनको जलहरी अनावरण गरेकी थिइन् । 
 

प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  ०५:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार