पोखरामा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

बुधबार, वैशाख १४, २०७९

कास्की, १४ वैशाख । पोखरा महानगरपालिका–२ अर्चलबोटमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  राम बहादुर पुनको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २४ हजार ७ सय ३० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।  घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  २२:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार