शिक्षकबाट राजीनामा नदिई उपमेयरमा उम्मेदवारी दर्ता

बुधबार, वैशाख १४, २०७९

सुर्खेत, १४ वैशाख । जाजरकाेटको नलगाड नगरपालिकाकाे उममेयरको टिकट पाएर मनोनयन दर्ता गरेका तेजबहादुर खत्रीले शिक्षकबाट राजीनामा नदिएको खुलेको छ । स्थानीय तहको चुनावमा उम्मेदवार हुन बहालवाला जनप्रतिनिधिसँगै निजामती कर्मचारी र शिक्षकहरूले पनि राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ । तर शिक्षक खत्रीले राजीनामा नदिएरै उपमेयरमा उम्मेदवारी दर्ता गराएको पाइएको छ । नेपाली कांग्रेसबाट टिकट पाएर नलगाड नगरपालिकाको उपमेयरमा मनोनयन दर्ता गराएका खत्रीको राजीनामा स्वीकृत नभएको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय जाजरकोटले जनाएको छ ।

नलगाड नगरपालिका-२ घर भएका खत्री त्रिभुवन मावि खलंगाका निमावि तहका स्थायी शिक्षक हुन् । उनले राजीनामा पत्र बुझाए पनि उनकी श्रीमतीले सनाखत नगर्दा राजीनामा स्वीकृत हुन सकेकाे छैन । खत्रीले १२ वैशाखमा शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयमा राजीनामा पत्र लगेका थिए । तर श्रीमतीको सनाखत नभएका कारण तुरुन्तै सनाखत गरेर ल्याउन आग्रह गरे पनि अहिलेसम्म सम्पर्कमा नआएको निर्वाचन कार्यालयले जनाएकाे छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  २१:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार