जन्ती हिँडेका तीन जनाको मोटरसाइकल दुर्घटनामा मृत्यु

शनिबार, वैशाख १०, २०७९

राजविराज, १० वैशाख । जन्ती जाने क्रममा मोटरसाइकल दुर्घटनामा परेर एकै गाउँका तीन जनाको मृत्यु भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ का तीन युवाको दुर्घटनमा परेर मृत्यु हुँदा गाउँका अन्य व्यक्ति तथा छरछिमेक शोकमा डुबेको छ ।
हनुमानगर कंकालिनी नगरपालिका–३ गिदखोरा बस्ने हेमनारायण यादवको कान्छा छोरा रञ्जीत यादवको दुर्घटनमा परेर मृत्यु भएपछि परिवार नै शोकमा परेको छ । घटना सुनेपछि हेमनारायण होसमा छैनन् स्थानीय सन्तोष पघैयाले भने ।
हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा मोटरसाइकल दुर्घटनामा परी आज तीन जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव र  बुच्चु भनिने २५ वर्षीय रञ्जीत यादवको मृत्यु भएको थियो ।

सप्तरीको भारदहबाट पथरगाडातर्फ बिहेका लागि जन्ती जाँदै गरेको प्रदेश१–०२४१प २२९६ नंको मोटरसाइकल र प्रदेश१–०२०४१प ९५२४ नंको मोटरसाइकल एकापसमा ओभरटेक गर्ने क्रममा ठोक्किएको प्रहरीले जनाएको छ ।

पोखरीमा डुबेर बालिकाको मृत्यु

सप्तरीको बलान विहुल गाउँपालिकामा आज पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । वडा नं ५ बस्ने रवीन्द्र यादवका छ वर्षीया छोरी अनुषाकुमारीको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही ठाउँमा रहेको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  यता घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।–रासस

प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९  २०:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार