उम्मेदवार छान्न समेत माओवादी केन्द्र रसुवाले गर्यो मतदान

शनिबार, वैशाख १०, २०७९

रसुवा, १० वैशाख  । नेकपा माओवादी केन्द्र रसुवाले उम्मेदवार छान्न मतदान गरेको छ । उम्मेदवारका आकांक्षी धेरै भएपछि कालिका गाउँपालिकामा उम्मेदवार छनौटका लागि मतदान गरिएको हो । 

गाउँपालिकाको अध्यक्षमा सोमबहादुर तामाङ र अर्जुन देवकोटाको दाबी रहेपछि मतदान भएको नेकपा माओवादी केन्द्र रसुवाका संयोजक मेघनाथ घिमिरेले जानकारी दिए । गाउँपालिका अध्यक्षमा सहमति हुन नसकेपछि  मतदान गरिएको उनले बताए । मत परिणामअनुसार तामाङले ३४ र देवकोटाले १८ मत प्राप्त गरेका छन् । जम्मा ५२ मत खसेको थियो । 

प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९  २०:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार