दाङको मस्जिदमा दुई पक्षबीच झडप, ५ जना घाइते 

शुक्रबार, वैशाख ९, २०७९

दाङ, ९ वैशाख । एक मस्जिदमा दुई पक्षबीच झडप भएको छ । झपडको क्रममा पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । लमहीस्थित मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा दुई पक्षबीच झपड भएको हो । झपडको क्रममा पाँच जना घाइते भएको र उनीहरू थप बुटवलतिर लागेका छन् । नवाज पढिरहेको बेला मस्जिदकै अर्को समूह आएर वर्तमान अध्यक्षले राजीनामा दिनुपर्ने अडान राखेको थियो । तर, अध्यक्ष राजीनामा नदिने अडान लिएपछि दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए । 

'मौलानाहरूबीच नै सामान्य विवाद भएको हो । यसअघिका अध्यक्षको समूहले वर्तमान अध्यक्षले राजीनामा दिनुपर्छ भन्दै आएका थिए । त्यही बेला विवाद उत्कर्षमा पुगेर सामान्य झडप भएको हो,' एसपी काफ्लेले बताए ।  झपडमा परी घाइते भएकमा पाँचैजना आफैं उपचार गर्ने भन्दै बुटवलतिर लागेका छन् । दाङमा प्राथमिक उपचारपछि उनीहरू आ-आफैं उपचार गराउने भनेर बुटवलतिर लागेको उनको भनाइ छ । अहिले अवस्थामा सामान्य भइसकेको उनको भनाइ छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  १६:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार