किभ नजिकै ९ सर्वसाधारणको शव फेला, यातनापछि हत्या गरिएको आशंका

बिहीबार, वैशाख ८, २०७९

किभ–युक्रेनको राजधानी किभ बाहिर बोरोद्यान्का सहरमा नौ जना सर्वसाधारणको शव फेला परेको एक वरिष्ठ प्रहरी अधिकारीले बताए ।
बोरोदायन्का सहरमा फेला पारिएकामध्ये केहीलाई यातना दिइएको प्रहरीले जनाएको छ । ‘उनीहरूलाई कब्जा गर्ने मानिसहरूले मारेका थिए र केही शवमा यातनाको संकेत देखिन्छ । मारिएका सबैजना सर्वसाधारण हुन् । कुनै प्रतिरोध नगर्ने नागरिकहरूलाई रुसी सेनाले रूसी सेनाले जानाजानी गोली हाने’ किभ क्षेत्रका प्रहरी प्रमुखले भने । 

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  १३:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार