बेलायतका विपक्षीले प्रधानमन्त्री जोनसनलाई भने–‘लाज नभएको मान्छे’

बुधबार, वैशाख ७, २०७९
Global Ime Bank

लन्डन, ७ वैशाख । बेलायतका विपक्षी पार्टीले प्रधानमन्त्री बोरिस जोनसनको आलोचना गर्दै उनलाई ‘लाज नभएको मान्छे’ भनेका छन् । कोभिड लकडाउनका समयमा प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटमा आयोजित मदिरा पार्टीलाई लिएर प्रधानमन्त्रीको चर्को आलोचना हुँदै आएको छ ।  पार्टीको फुटेज चुहावट भई सामाजिक सञ्जालमा भाइरल भएपछि बेलायती सञ्चार माध्यमहरूले सो काण्डलाई ‘पार्टीगेट’ भनेका थिए ।

प्रधानमन्त्रीले कोभिड १९– निर्देशिका उल्लंघन गरेको महानगरीय प्रहरीले जनाएको छ । उनी कानून तोडेको आरोपमा दण्डित हुने पहिलो बेलायती नेता पनि हुन् । सोही काण्डलाई लिएर प्रधानमन्त्रीले क्षमायाचना गरेका छन् ।  विपक्षी लेबर पार्टीका नेता कियर स्टाररले प्रधानमन्त्रीको माफीलाई ठट्टा बताउँदै बेलायती जनताले उनको विश्वास नगर्ने बताएका छन् । ‘राजनीतिमा हुनुपर्छ । देशको बदनामी बन्द गर्नुपर्छ’, उनले भने । प्रधानमन्त्रीलाई पदबाट राजीनामा दिन पनि उनले अनुरोध गरेका छन् ।
 

प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  १२:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार