पाकिस्तानमा श्रीलंकाली नागरिकको हत्यामा संलग्न ६ जनालाई मृत्युदण्ड

मंगलबार, वैशाख ६, २०७९
Global Ime Bank

इस्लामावाद, ६ वैशाख : पाकिस्तानमा इश निन्दा गरेको भन्दै एउटा भिडले एक श्रीलंकाली नागरिकको हत्या गरेको अभियोगमा ६ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । सियालकोट सहरका कारखाना प्रवन्धक ४८ वर्षीय प्रियंथा दियावदानगेलाई गत डिसेम्बरमा कुटपिट गरी हत्यापछि उनको शव जलाइएको थियो । 

दोषी ठहर भएका ८८ जनामध्ये ९ जनालाई आजीवन कारावास र अन्यलाई दुईदेखि पाँच वर्षको जेल सजाय तोकिएको छ । सो घटनाले देशलाई स्तब्ध बनाएको थियो र निवर्तमान प्रधानमन्त्री इमरान खानले यसलाई ‘लज्जाको दिन’ भनेका थिए । 

आक्रमणबारे सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा भिडियोमा आक्रोशित भीडले दियावदानगेलाई उनको कार्यस्थलबाट घिसारेर  कुटपिट गरी हत्या गरेको देख्न सकिन्छ । उनको शव जनलाएपछि भीडमा धेरै मानिसहरूले सेल्फी लिइरहेका थिए । 

सो भिडियो अमानवीयको भएको पीडितकी श्रीमती  निलुशी दिसानायकाले टिप्पणी गरेकी थिइन् ।-एजेन्सी 

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  ०८:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार