युक्रेन संकटः राष्ट्रपति बाइडेनले साझेदारहरुसँग छलफल गर्ने

मंगलबार, वैशाख ६, २०७९
Global Ime Bank

न्युयोर्क, ६ वैशाख । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन संकटबारे साझेदारहरुसँग छलफल गर्ने भएका छन् । राष्ट्रपतिले रुसलाई जवाफदेही बनाउन कसरी समन्वय गर्ने भन्ने विषयमा मंगलबार साझेधारहरुसँग् छलफल गर्ने ह्वाइट हाउसले जनाएको छ । 

‘युक्रेनमा हाम्रो निरन्तर समर्थन र रुसलाई जवाफदेही बनाउने प्रयासहरूबारे छलफल गर्न सहयोगी र साझेदारहरूसँग राष्ट्रपतिले भिडियो कल गर्नेछन्’, ह्वाइट हाउसले भनेको छ ।  पछिल्ला दिनमा रुसले आफ्नो हमलालाई पूर्वी युक्रेनमा केन्द्रित गरेको छ ।   एजेन्सी 

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  ०६:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार