सोसल मिडिया
Contact Us
युनिकोड
भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको लागि आएका साधुसन्तलाई बिदाइ गरिएको छ । शिवरात्रिमा विभिन्न स्थानबाट सो मन्दिर दर्शन गर्न आएका १६२ साधुसन्तलाई भोजन, प्रसाद तथा दक्षिणा प्रदान गरी बिदाइ गरिएको मन्दिर संरक्षण समितिका मोहन बलले जानकारी दिए । साधुसन्तलाई तीन तहमा वर्गिकरण गरी दक्षिणा उपलब्ध गराउने प्रचलनअनुसार ‘क’ वर्गकालाई नगद एक हजार १०५, ‘ख’ वर्गलाई नगद ७०५ र ‘ग’ वर्गलाई नगद ५०५ रुपैयाँ तथा प्रत्येकलाई कम्बल, धोती, ज्याकेट र एक थान रुमाल प्रदान गरिएको छ । देशका विभिन्न स्थान तथा भारतबाट साधुसन्त तथा योगी शिवरात्रिमा डोलेश्वरमा एकहप्तादेखि आएका थिए । विगतका वर्षमा ७५० जनासम्म साधुसन्तको आगमन हुने गरेपनि यसवर्ष भने कोरोना सङ्क्रमणका कारण कम आएको छ ।