यात्रा संस्मरण लेख्छु : पूर्वप्रधानमन्त्री नेपाल

शनिबार, फागुन २९, २०७७

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले  राजनीतिबाट विश्राम लिएपछि आफूले यात्रा संस्मरण लेख्ने बताएका छन् । मदन लामा (लामाखुले) को यात्रा संस्मरण ‘युरोप यात्राका सम्झनाहरू’ को लोकार्पण गर्दै उनले आफूले चाहँदा राजनीतिबाट विश्राम लिन नपाएको बताए । आफूले विश्राम चाहँदा यस्तो बेलामा भाग्ने भनेर रोकिने गरेको उनको भनाइ थियो  । पद नछाड्दा पनि कहिल्यै नछाडेको आरोप लाग्ने उनले बताए । उनले भने, ‘नछाड्दा कहिल्यै छाड्ने भन्ने र छाड्न लाग्दा भाग्यो भन्ने छ ।’ पुस्तकका लेखक राईले आफूले युरोप यात्राका क्रममा देखेका र भोगेका कुरा समेटेर पुस्तक लेखेको जानकारी दिए ।
 

प्रकाशित मिति: शनिबार, फागुन २९, २०७७  ०६:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार